काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको पहलमा शान्तिप्रक्रिया टुङ्गोमा पुग्ने चरणमा रहेको बताएका छन् ।
विश्व सामाजिक मञ्च २०२४ को अवसरमा नेपाल बुद्धिजीवी परिषद्ले शुक्रबार काठमाडौंमा आयोजना गरेको समाजवादको विश्वव्यापी सम्भावना नामक अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सो कुरा हुन् ।
उनले अहिलेको संविधानमा सामाजिक न्यायसहितको अधिकार स्थापित गरेको बताए । अब यसलाई सबै मिलेर कार्यान्वयन गरिने उनको भनाई छ ।
एमाले सरकारमा रहँदा सामाजिक न्यायसहितको आर्थिक विकासमा जोड दिएको पनि उनको दाबी छ ।