Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, प्रचार विभागमा तीन सदस्य मनोनीत

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यही फागुन ८, ९ र १० गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

सातौं केन्द्रीय कमिटीको बैठकले संगठन सुदृढीकरणसम्बन्धी कार्ययोजना तय गर्ने बताइएको छ । यस्तै, एमाले प्रचार विभागमा तीन जना सदस्य थपिएका छन्।

एमाले प्रचार विभागमा मणिराज बाँस्तोला, माधव नेपाल र इन्द्र आचार्य थपिएका हुन्। उक्त विभागका प्रमुख स्थायी कमिटी सदस्य राजेन्द्र गौतम छन्। पहिला २१ जना रहेको विभागमा अब २४ सदस्य हुनेछन् ।

यस्तै एमालेले केन्द्रीय समिति बैठकमार्फत गठबन्धन सरकार राष्ट्रहित विपरीत गएको र सुशासनमा विचलन आएको भन्दै मुलुक आर्थिक सङ्कटमा परेकाले सरकारविरुद्ध जनपरिचालन गर्ने निर्णय समेत गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077