Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अवैध विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट दुई पाकिस्तानी पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुईजना पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।

गएराति टर्कीको इस्तानबुलबाट फ्लाई दुबईबाट काठमाडौं आएका ३१ वर्षीय यासिन मोहम्मद र ४८ वर्षीय अनाम लखानी ५० हजार डेनिस क्रोनरसहित पक्राउ परेका हुन् ।

यो रकम ९५ लाख ६ हजारभन्दा बढी नेपाली रुपैँया हुने त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । विमानस्थलको आगमन गेटमा शंका लागेर जाँच गर्दा उनीहरुको साथबाट डेनिस क्रोनर ५० हजार बरामद भएको थियो।

पक्राउ परेकाहरुलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । उनीहरुलाई आज सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाइने विमानस्थल प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077