Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्कारपियोले साइकललाई ठक्कर दिँदा दिदीबहिनी मृत्यु

दाङ । दाङमा भएको सवारी दुर्घटनामा परेर एकै घरका दिदीबहिनीको मृत्यु भएको छ ।

बुधवार राप्ती गाउँपालिका–८ पिपरीमा स्कारपियो गाडीले साइकललाई ठक्कर दिँदा प्युठान झिमरुक गाउँपालिका–१ घर भएका दुई दिदीबहिनीको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार हाल राप्ती गाउँपालिका–८ बस्दै आएकी ३५ वर्षीया राधा बस्नेतको घटनास्थलमा र साइकलको पछाडि बहिनी वर्ष १६ की विपना केसीको उपचारका क्रममा मृत्यु भएको हो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–८ पिपरीनजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०१०२२ च १३६९ नम्बरको स्कारपियोले सोही दिशा भएर गुडिरहेको साइकललाई ठक्कर दिएको थियो ।

मृतकको शव लमही अस्पतालको शव गृहमा राखिएको छ । गाडी प्रहरी नियन्त्रणमा भएपनि चालक भने फरार छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077