Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेनाले निर्माण गर्‍यो विशेष क्षमता भएका विद्यार्थीका लागि विद्यालय, नयाँ वर्षबाट पढाई हुने

काठमाडौ । नेपाली सेनाले वरदान सैनिक विशेष दिवा विद्यालयको बुधबार एक कार्यक्रमबीच उद्घाटन गरेको छ ।

प्रधान सेनापति प्रभुराम शर्मा र सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्माले विद्यालयको उद्घाटन गरेका हुन् ।

नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिकका विशेष क्षमता भएका सन्ततीहरूलाई शिक्षा तथा जीवनोपयोगी सीप सिकाउने उद्देश्यले विद्यालय निर्माण गरिएको बताइएको छ ।

सैनिक श्रीमती संघको पहलतामा सैनिक कल्याणकारी कोषको लगानीमा छाउनीमा निर्मित उक्त विद्यालयको २०७९ मंसिर १४ गते शिलान्यास गरिएको थियो ।

सैनिक श्रीमती संघको संरक्षकत्वमा सञ्चालन हुने उक्त विद्यालयमा शैक्षिक सत्र २०८१ बाट ३० जना विशेष क्षमता भएका बालबालिकाहरू भर्ना गरी पठनपाठन आरम्भ गरिने सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077