Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फेसबुकमा कञ्चनपुर प्रहरीविरुद्ध लेख्ने माओवादीका नेता पनि समातिए, पक्राउ पर्नेको संख्या ६ पुग्यो

कञ्चनपुर । कञ्चनपुरमा पत्रकार जोडिएको विद्युतीय अपराध सम्बन्धी मुद्दामा नेकपा माओवादी केन्द्रका नेता पनि पक्राउ परेका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका–१८ भगतपुर बस्ने सिके भनेर चिनिने चन्द्रकान्त भट्टलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो ।

उनी नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटि सदस्य हुन् । यसै मुद्दामा भीमदत्त नगरपालिका–१६ बस्ने पुस्कर भट्टलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

शनिबार विद्युतीय अपराध सम्बन्धी मुद्दामा कञ्चनपुर प्रहरीले पत्रकार पुस्कर भट्ट र ऐश्वर्या कुँवरलाई पक्राउ गरेको थियो भने सोही मुद्दामा सोमबार थप दुई जनालाई नियन्त्रणमा लिएको थियो ।

यो सँगै पत्रकार जोडिएको यो मुद्दामा पक्राउ पर्नेको संख्या ६ पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077