Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज दुई वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत आज दिउँसो १ बजे दिगो विकास तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।

बैठकमा अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार प्रवर्द्धन सम्बन्धमा प्रस्तुति र छलफल हुनेछ ।

नेपालमा निर्वाचन प्रणाली र सुशासन विषयमा छलफल समेत हुने कार्यसूची रहेको छ ।

त्यस्तै दिउँसो नै १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा विधायन सम्बन्धी विधेयक, २०८० को प्रतिवेदन मस्यौदामाथि छलफल हुने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077