Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

वर्षमान पुनको चेतावनी-माओवादीलाई धेरै नजिस्क्याउनू, प्रहरी चौकी आक्रमणको नेतृत्व मैले गरेको हुँ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन 'अनन्त'ले माओवादीलाई धेरै नजिस्क्याउन चेतावनी दिएका छन् ।

२९ औं जनयुद्ध दिवसका अवसरमा मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमा पुनले यस्तो चेतावनी दिएका हुन् । उनले जनयुद्ध स्वीकार नगर्नेहरुलाई माओवादीलाई धेरै नजिस्क्याउन चेतावनी दिए ।

उनले जनयुद्ध दिवस मनाउन रोक लगाउने सर्वोच्च अदालतको फैसलाप्रति पनि असन्तुष्टि जनाए । जनयुद्धले ल्याएका उपलब्धिको उपभोग गरेर भ्रम फैलाउनेविरुद्ध भण्डाफोर गर्नुपर्ने उनको भनाई छ ।

विरोधीका भ्रमहरु चिरेर इतिहासमा जनयुद्ध युगान्तकारी परिवर्तन ल्याउने आन्दोलन थियो भन्ने सत्य स्थापित गरेर छाड्न सफल हुने उनले विश्वास व्यक्त गरे ।

आफूले २४ वर्षको छँदा ०५२ फागुन १ गते पहिलोपटक रोल्पाको होलेरी प्रहरी चौकी आक्रमणको नेतृत्व गरेको भन्दै पुनले आवश्यक परे फेरि अर्को जनयुद्ध लड्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077