Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रुविनाको कीर्तिमानी शतकमा नेपालले माल्दिभ्सलाई दियो २२८ रनको लक्ष्य

काठमाडौं । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई २ सय २८ रनको लक्ष्य दिएको छ ।

नेपालले ४ विकेट गुमाएर २ सय २७ रन बनाएको हो । उक्त रन बनाउने क्रममा पूर्वकप्तान समेत रहेकी रुविना क्षेत्रीले ११८ नटआउट, पुजा महतो ५९ नटआउट, कविता कुँवर १३, सिता रानामगर १५, डोली भट्टले ६ रन बनाउँदा कप्तान इन्दु वर्मा शून्यमा आउट भएकी थिइन् ।

रुविना नेपालबाट अन्तराष्ट्रिय खेलमा शतक हान्ने पहिलो महिला खेलाडी बन्न सफल भएकी छिन् ।

नेपालले पहिलो खेलमा हङकङलाई ८ विकेटले हराएको थियो भने दोस्रो खेलमा भुटानविरुद्ध पनि ८ विकेटले नै विजयी भएको थियो।​

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077