काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने तयारी गरेको छ ।
ठेक्का लिएर समयमै काम नगर्ने र आपूर्ति नगरेपछि विभिन्न जिल्लाका स्थानीय तहहरूले सिफारिस गरेबमोजिम ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्न कार्यालयले प्रक्रिया थालेको हो ।
ती निर्माण व्यवसायीहरूलाई कालोसूचीमा राख्न नपर्ने आधार भए सूचना प्राप्त भएको मितिले ३० दिनिभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको छ ।
यसअघि सार्वजनिक निकायले कालोसूचीमा राख्न भनि सिफारिस गरेपछि कार्यालयले वास्तविकता बुझ्न ३० दिनको समय दिएर पत्राचार गरेपनि जवाफ प्राप्त नभएको पनि सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूची :
Leave a Reply