Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुनको मूल्य घट्दा चाँदी स्थिर

काठमाडौं । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेको हो ।

आइतबार ५०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि गत शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५०० र तेजावी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा किनबेच भएको थियो ।

साथै गत शुक्रबारको तुलनामा आइतबार चाँदीको भाउ भने स्थिर रहेको छ । गत शुक्रबार १ हजार ३९० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077