काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ ।
मलेसियाको वायुमास ओभरलमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले भुटानलाई आठ विकेटले पराजित गरेको हो ।
भुटानका लागि ओपनर नग्वाङ छोदेनले सर्वाधिक २५ रन बनाइन् । टेसिङ जाड्बोले १७ रन बनाउँदा कप्तान डेसेन वाङ्बो १७ रन बनाएर आउट भइन्।
कसिलो बलिङ गरेको नेपालका लागि कविता कुँवर, सिता रानामगर, कविता जोशी र इन्दू बर्माले एक/एक विकेट लिए ।
यसअघि आफ्नो पहिलो खेलमा नेपालले हङ्कङलाई आठ विकेटको फराकिलो अन्तरले हराएको थियो ।
नेपालको समूह डी मा हङकङ, भुटान र माल्दिभ्स छन् । प्रतियोगितामा भने नेपालसहित १६ देशको सहभागीता छ ।