काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा आइतबार नेपालले आफ्नो दोस्रो खेल खेल्दै छ ।
प्रतियोगिताकाको दोस्रो खेलमा नेपालले भुटानको सामना गर्न लागेको हो । अहिले नेपाल भुटानविरुद्ध फिल्डिङमा उत्रिएको छ ।
सो प्रतियोगिता शनिबारदेखि मलेसियामा सुरु भएको हो ।
प्रतियोगिताको पहिलो दिन शनिबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले हङ्कङलाई आठ विकेटको फराकिलो अन्तरले हराएको थियो ।नेपालको समूह डी मा हङकङ, भुटान र माल्दिभ्स छन् ।
प्रतियोगितामा भने नेपालसहित १६ देशको सहभागीता छ ।