Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं आउँदै गरेको यात्रुबाहक बस चितवनमा दुर्घटना

चितवन । चितवनमा बस दुर्घटना भएको छ ।

रौतहटबाट काठमाडौं आउँदै गरेको बा.प्र.०१–००६ ख २००४ नम्बरको बस गएराति पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–२ गड्यौलीमा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा २० जना घाइते भएका छन् । घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

अधिकांश डिस्चार्ज भएसकेका छन् । बस सडक छेउमा रोकिराखेको ट्रकको पछाडि ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077