Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखमा एसएसपी पोखरेल

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाको जिम्मा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्मा पोखरेललाई दिइएको छ ।

विमानस्थलमा कार्यरत एसएसपी दीपशम्शेर जबरालाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काज सरुवा गर्दै कृष्णहरिलाई विमानस्थलको जिम्मेवारी दिइएको हो ।

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले डीआईजी अर्जुन चन्दलाई प्रहरी प्रधान कार्यालय स्थित प्रदेश समन्वय विभागमा सरुवा गरेका थिए । डीआईजी ठकुरीलाई सरुवा गरेको केही दिनमै एसएसपी जबराको पनि सरुवा गरिएको हो । उनको स्थानमा एसएसपी कृष्णहरिलाई ल्याइएको छ ।

एसएसपी कृष्णहरि बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौलीमा कार्यरत थिए । यही माघ १२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत छायाँलाल मोक्तान र प्रहरी कर्मचारीबीच हात हालाहालको स्थितीपछि त्यहाँको अवस्था बिग्रेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077