Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

    कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

    अनलाइन नेपाल
  • शुक्रबार, २६ माघ २०८०
  • 585
    SHARES

    विराटनगर । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । शुक्रबार कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।

    शुक्रबारै मुख्यमन्त्री केदार कार्कीले चार जना मन्त्री तथा दुईजना राज्यमन्त्री थप गर्दै मन्त्रीमण्डल विस्तार गरेका थिए । नेपाली कांग्रेसबाट प्रदिपकुमार सुनुवार स्वास्थ्य र रामकुमार खत्रीलाई उद्योग कृषि तथा सहकारी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।



    यस्तै माओवादी केन्द्रबाट राजेन्द्र कार्की र नारायण मगर मन्त्री बने । कार्कीले सामाजिक विकास र्र मगरले खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।



    आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिता कुमारी गुरूङ नियुक्त भए ।

    उनीहरु दुवै कांग्रेसका हुन् । ६ जना थपिएपछि मन्त्रीपरिषद् १० सदस्यीय भएको छ । गठबन्धन र कांग्रेसमा विद्रोह गर्दै नेकपा एमालेको सहयोगमा असोज २७ गते कार्की मुख्यमन्त्री बनेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार