Online Nepal
  • बुधबार, १७ पुष २०८१
  • अख्तियारले भन्यो – सूचना प्रविधिको क्षेत्रमा भ्रष्टाचार बढ्यो, सजगता अपनाउनू

    अख्तियारले भन्यो – सूचना प्रविधिको क्षेत्रमा भ्रष्टाचार बढ्यो, सजगता अपनाउनू

    अनलाइन नेपाल
  • शुक्रबार, २६ माघ २०८०
  • 786
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूचना प्रविधि आईटीको क्षेत्रमा भ्रष्टाचार बढेको जनाएको छ ।

    आईटीको क्षेत्रमा एकपछि अर्को अनियमितता भेटिएपछि अख्तियारले यससम्बन्धी खरिद तथा सञ्चालनमा सजगता अपनाउन तीनै तहका सरकारको ध्यानाकर्षण गराएको हो।



    अख्तियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मार्फत सबै संघीय मन्त्रालयहरु, प्रदेश सरकार र स्थानीय तहहरुलाई समेत यसबारे परिपत्र गर्न भनेको छ ।



    मुलुकको सीमित स्रोतसाधनको अत्यधिक दोहन गरी सूचना प्रविधिसँग सम्बन्धित खरिदमा बेथिती देखिएको र उजुरीहरुको विश्लेषण गर्दा भ्रष्टाचारको प्रवल सम्भावना रहेको भन्दै अख्तियारले सरोकारवालालाई १० बुँदे ध्यानाकर्षणपत्र पठाएको हो ।

    सूचना प्रविधि क्षेत्र क्लिष्ट र प्राविधिक हुने अनि यसमा आम सर्वसाधारणको चासो पनि नहुने अवस्थाको फाइदा उठाउँदै स्वार्थ समूहले जथाभावी काम गरेको र राज्यकोषमा नोक्सान देखिएको भन्दै अख्तियारले यसवारे नीतिगत सुधार हुनुपर्ने औंल्याएको छ ।

    सूचना प्रविधिको विषय अति प्राविधिक हुने र यससम्बन्धी खरिद तथा विकासका कामहरु भ्रष्टाचारका दृष्टिले जोखिमपूर्ण देखिने भन्दै अख्तियारले परिपत्रमा भनेको छ, ‘सूचना प्रविधिमा निहित प्रविधिको क्लिष्टता र सार्वजनिक क्षेत्रमा रहेको यसप्रतिको अनभिज्ञताको अनुचित उपयोग गरी गम्भीर प्रकृतिका भ्रष्टाचारजन्य कार्य हुनसक्ने देखिएको।’

    अख्तियारले प्रणालीको डिजाइन, विस्तृत परियोजना प्रतिवेदन, लागत अनुमान र मर्मत सम्भारको काममा एकरुपता ल्याउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहत रहने गरी यससम्बन्धी एउटा निकाय तोक्न पनि भनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार