Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • कोशी सरकार र पहिचान पक्षधरबीच वार्ता सुरु

    कोशी सरकार र पहिचान पक्षधरबीच वार्ता सुरु

    अनलाइन नेपाल
  • बिहिबार, २५ माघ २०८०
  • 513
    SHARES

    विराटनगर । कोशी प्रदेश सरकारले गठन गरेको वार्ता टोली र आन्दोलनरत पहिचान पक्षधरबीच वार्ता सुरु भएको छ ।

    विराटनगरको विग होटलमा सरकार आन्दोलनरत पक्षबीच वार्ता सुरु भएको हो । केही समयअघि कोशी प्रदेश सरकारले वार्ताका पत्र पठाएको थियो ।



    कोशी प्रदेश सरकारले सङ्घर्षरत पहिचान पक्षधर समूहसँग वार्ता गर्न भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगूको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरेको थियो ।



    टोलीमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती सदस्य र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्य सचिवको रूपमा छन् ।

    पहिचान पक्षधरले बुधबार वार्ता समिति गठन गरेको थियो ।

    वार्ता समितिमा आन्दोलनरत पहिचान सहितको प्रदेश न. १ पुनः नामाङ्कन अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम, किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष गोबिन्दबहादुर आङबुहाङ, किरात राई यायोखा उपाध्यक्ष युवराज राई, नेपाल आदिबासी जनजाति महासंघका महासचिव दिवस राई, नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन (मिराक), नेकपा एकीकृत समाजवादी सम्बद्ध लिम्बु संघ समाजवादीका उपाध्यक्ष पदम लिम्बु, नेकपा माओवादी केन्द्र सम्बद्ध किराती राष्ट्रिय मुक्ति मोर्चाका महासचिव अर्जुन जम्नेली राईलगायत छन् ।

    हिक्मतकुमार कार्की नेतृत्वको सरकारले २०७९ फागुन १७ गते प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर पहिचानका आधारमा नाम राख्नुपर्ने मागसहित आन्दोलनमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार