Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अर्कोपल्ट माधव नेपालले कुनै हालतमा चुनाव जित्दैनन् : केपी ओली

रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्को पटकदेखि माधव नेपालले चुनाव नजित्ने दाबी गरेका छन् ।

एमाले रौतहटको १० औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले माधव नेपाललाई गठबन्धनले लातले हानेपछि मात्रै थाहा पाउने बताए।

अध्यक्ष ओलीले भने,‘त्यतिवेला थाहा पाउनेछन् जब गठबन्धनले लात हान्छ । अव अर्कोपल्ट माधव नेपालले चुनाव पनि जित्दैनन् । उताका पैसा ल्याएर, कुनै हिसाबले पनि जित्दैनन् । जित्न पनि दिनुहुँदैन।’

उनले एमालेले माधवलाई प्रधानमन्त्री समेत बनाएपनि दुई तिहाइको सरकार ढालेर कांग्रेसको पाउमा सत्ता सुम्पेको आरोप लगाए ।

अध्यक्ष ओलीले गएको निर्वाचनमा माधव नेपालको पार्टी राष्ट्रिय पार्टी समेत बन्न नसकेको उदाहरण दिँदै अर्को चुनावमा नेपाल आफैँले चुनाव जित्न नसक्ने दाबी गरे ।

उनले गठबन्धनले समेत नेपाललाई लातले हानेपछि थाहा पाउने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077