Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नक्कली नोटसहित जितपुरबाट ५ जना पक्राउ

बारा । बारा प्रहरीले नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराको टोलीले नक्कली नेपाली नोटसहित ५ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका–३ का ४४ वर्षीय रामचन्द्र महतो कोइरी, बाराको परवानीपुर गाउँपालिका–५ का सुमित साह, सोही ठाउँका सन्तोष पटेल, पर्साको वीरगञ्ज महानगरपालिका–१० का विशालकुमार श्रीवास्तव र सोही ठाउँका निरज श्रीवास्तव छन्।

उनीहरुलाई बाराको जितपुर बजारबाट बुधबार पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।

उनीहरुबाट १ हजार दरका ६१ थान नोट र भारतीय सीमकार्ड र ७ थान मोबाइल समेत बरामद भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077