Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घुस लिँदालिँदै नापी कार्यालय कलंकीका सर्भेक्षक पक्राउ, लेखापढी व्यवसायी पनि समातिए

काठमाडौं । नापी कार्यालय, कलंकीका सर्भेक्षकसहित दुईजना एक लाख घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाई र लेखापढी व्यवसायी नेत्रमणि पोखरेललाई पक्राउ गरेको हो ।

जग्गा हालसाविक एवं कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित नापी कार्यालय, कलंकीबाट बुधबार पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077