Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालकृष्ण खाँणका पिए मानवतस्करीमा फरार

काठमाडौं । नक्कली शरणार्थी मुद्दा खेपिरहेका पूर्वगृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणका पिए पनि फौजदारी अपराधमा मुछिएका छन् ।

उनी गृहमन्त्री हुँदा सचिवालयमा पिएका रुपमा काम गरेका विष्णु प्रसाद आचार्य हाल फरार छन् । शाखा अधिकृत आचार्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा कार्यरत थिए ।

जहाँ भिजिट भिसाको सेटिङ चलाएर पैसा असुलेको आरोपमा हालै उनीसहित नौ अध्यागमन अधिकृतविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ ।

स्रोतका अनुसार खाँण गृहमन्त्री हुँदै आचार्यलाई विमानस्थलमा पठाएका थिए । जहाँ करिब एक वर्षको अवधिमा आचार्यले एक करोड भन्दा धेरै कमाएको सहकर्मीहरू बताउँछन् ।

खाँणले सेटिङमा अध्यागमनमा पठाएका एक दर्जन अधिकृतहरु अहिले पनि त्यहाँ कार्यरत रहेको स्रोत बताउँछ ।

पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्काको बयानका आधारमा आचार्य लगायत अन्य अधिकृत तानिएका हुन् । जसमा ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागो समेत छन् ।

उनीहरुले सहजीकरण समिति नै गठन गरी भिजिट भिसाको सेटिङ मिलाउँदै आएका थिए । यसमा मुछिएका कर्मचारीहरुको सम्पत्ति समेत छानबिन गर्न प्रहरीले सिफारिस गरेको छ ।

९ अधिकृतसहित २२ जनाविरुद्ध गत बिहीबार मुद्दा दायर भएकोमा सोमबारसम्म जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077