Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रविप्रति कटाक्ष गर्दै महेशले भने - पपुलिष्ट शक्तिको आडमा सरकारले सहकारी ठगलाई कारबाही गर्नै सकेन

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सरकारले हाई प्रोफाइल सहकारी ठगलाई छानबिनको दायरामा ल्याउन नसकेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् । नेता बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेतर्फ लक्षित गरी सरकारले हाई प्रोफाइललाई कारबाही गर्नै नसक्ने बताए।

नेता बस्नेतले भने, ‘हाई प्रोफाइलका सहकारी ठगहरू अनेक नौटङ्की र बहानाबाजी गरेर हिँडिरहेका छन् । हाई प्रोफाइलका सहकारी ठगहरूलाई सरकारले कारबाही गर्ने त परै जाओस्, छानबिनको दायरामा पनि ल्याउन सकेको छैन।’

रास्वपा सभापति रवि लामिछानेले कम्पनी रजिष्टार्ड कार्यालयमा बैंक स्टेटमेन्ट देखाएर गुडविल शेयरमार्फतको पैसा नगद लिएको देखिएको उनको दाबी छ ।

यसबाट ठगीमात्रै नभएर किर्ते र जालसाजीको मुद्दासमेत प्रभावित हुने उनले बताए ।

‘म चाहिँ बाठो छु, भएभरका सबै लाटा छन्,’ भनेर रविले अभिव्यक्ति दिइरहेको उनले बताए । पपुलिष्ट शक्तिको आडमा यस्ता प्रकारका अपराधमा सरकारले उन्मुक्ति दिन नहुने नेता बस्नेतको भनाई छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077