Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले संसदीय दलको बैठक जारी

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक नयाँ बानेश्वर स्थित संघीय संसद् भवनमा सुरु भएको छ ।

पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठक बोलाएका हुन् । आज र भोलि दुई दिनका लागि दलको बैठक बोलाइएको हो ।

बैठकमा अध्यक्ष ओलीले पछिल्लो राजनीतिक अवस्थाका साथै एमाले सांसदहरूले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिनेछन् ।

संसद्को हिउँदे अधिवेशन यही माघ २२ गतेबाट बस्दैछ । यो अधिवेशनमा सङ्घीयता कार्यान्वयन, शान्ति प्रक्रिया लगायत महत्त्वपूर्ण कानुनहरू बनाउने विधेयक अघि बढाउने सरकारको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077