Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले उपाध्यक्ष पौडेलले भने - सरकारका कामले देशको राजनीति बिग्रिरहेको छ

रुपन्देही। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारका कारण देश अप्ठ्यारो स्थितिमा रहेको बताएका छन् ।

रुपन्देहीमा आयोजित एक कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले अहिले देशको राजनीति बिग्रिरहेको बताएका हुन्।

उपाध्यक्ष पौडेलले भने,‘अहिले देशको राजनीति बिग्रिरहेको छ । खासगरी सरकार र सरकारका कामकारबाहीहरुले गर्दा देश लथालिंग छ । भताभुंग भएको छ । यसलाई लयमा फर्काउनु पर्ने ट्रयाकबाट हिँडाउनुपर्ने चुनौती छ ।’

उनले राजनीति संग्लो नभएसम्म देश ठीक ढंगबाट अघि बढ्न नसक्ने भन्दै सरकार र सरकारका काम कारबाहीहरुले गर्दा देश लथालिंग र भताभुंग भएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077