Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इराक र सिरियामा अमेरिकाले गर्‍यो आक्रमण, ६ जना मारिए

एजेन्सी । अमेरिकी सेनाले इराक र सिरियामा इरान समर्थित मिलिसियाका क्याम्पमा आक्रमण थालेको छ ।

आफ्नो हवाइ बेसमा भएको आक्रमणको बदलामा अमेरिकाले शक्तिशाली कारबाही सुरु गरेको हो ।

जोर्डनको हवाइ बेसमा तीन अमेरिकी सैनिक मारिएका थिए भने केही घाइते भएका थिए ।

त्यसलगत्तै आक्रोशित बनेको अमेरिकाले इरान समर्थित लडाकू समूहलाई जवाफ दिएको छ ।

अमेरिकाले इराक र सिरियामा शुरु गरेको कारबाही २५ मिनेटभित्र विभिन्न सात ठाउँमा हवाइ आक्रमण गरेको बताइएको छ ।
आक्रमणमा हालसम्म ६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077