काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज र भोलि दुई दिनसम्म बस्न लागेको हो ।
मध्याह्न १२ बजे सुरु हुने बैठकमा आगामी संसद्मा खेल्ने भूमिकाबारे बृहत छलफल हुने सचेतक महेश बर्तौलाले जानकारी दिए ।
बैठकमा संसद् कसरी प्रभावकारी बनाउने, सदनमा सांसदले कस्तो भूमिका निर्वाह गर्ने भन्नेलगायत विविध विषयमा छलफल गरिेछ ।
संसद्को हिउँदे अधिवेशन यही माघ २२ गते दिउँसो ४ बजेका लागि आह्वान भएको छ ।