Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपाली सांसदको टोलीले भेट्यो भारतीय विदेशमन्त्री एस जयशंकरलाई

काठमाडौं । नेपाली सांसदहरूको प्रतिनिधिमण्डलले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेको छ ।

भारत भ्रमणमा रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा रहेको सो प्रतिनिधिमण्डलले विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेको हो ।

भेटमा दुई देशको सम्बन्ध, पारस्परिक सहयोग र हितका विविध विषयमा महत्वपूर्ण कुराकानी भएको बताइएको छ ।

भारतको लोकसभाको निमन्त्रणामा सभापति यादव नेतृत्वको सो संसदीय प्रतिनिधिमण्डल नयाँ दिल्ली पुगेको थियो । सो टोली यही माघ १६ गते भारत प्रस्थान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077