Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यो काम नलाग्ने र अलोकतान्त्रिक भ्रष्ट सरकार हो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई भ्रष्ट सरकारको संज्ञा दिएका छन्।

बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले वर्तमान सरकारले लोकतान्त्रिक पद्धति मासेको आरोप लगाए । रेडक्रम, गैरआवासीय नेपाली संघ लगायतमा सत्ता गठबन्धनले हस्तक्षेप गरेको भन्दै अध्यक्ष ओलीले सरकार र सत्तारुढ दलहरुको आलोचना गरे।

अध्यक्ष ओलीले भने,‘ हेर्दा हेर्दै कस्तो सरकार बन्यो नेपालमा ! डेमोक्रेसी भनिन्छ । प्रणाली ने मास्यो त यहाँ । यो काम नलाग्ने, अलोकतान्त्रिक भ्रष्ट सरकार हो । यो कानुनअनुसार चल्ने, मूल्य मान्यता अनुसार चल्ने सरकार होइन । गैरकानुनी, बेतिथीसँग चल्ने सरकार हो ।’

अध्यक्ष ओलीले शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिंहदरवार पुगेर भेटेका थिए । त्यसक्रममा प्रधानमन्त्रीलाइ आफूले स्काउटको अधिवेशन नरोक्न भनेको उनले सुनाए ।

नेपाली कांग्रेस र सत्तारुढ दलले हार्ने सोचका साथ स्काउटको अधिवेशन रोक्न प्रधानमन्त्रीले निर्देशन दिएको र त्यसो नगर्न आफूले भनेको अध्यक्ष ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077