Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गठबन्धन सरकारले लोकतान्त्रिक प्रणाली नै मास्यो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जताततै हस्तक्षेप गरेर लोकतान्त्रिक प्रणाली नै मासेको आरोप लगाएका छन् ।

एमाले निकट बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले भने,‘रेडक्रस चल्न नदिने यो कस्तो सरकार हो ? गैरआवासीय नेपालीहरूले आफ्नो संस्था बनाए त्यसमा हस्तक्षेप गर्ने ? अधिवेशनमा कार्यकर्ता लगाएर कुर्सी तोडफोड, अनेक प्रकारका हुलदङ्गा । अघिल्लो अधिवेशनमा गैह्र आवासीयको चुनावमा तीन वटा अध्यक्ष बनाउनुपर्‍यो । कांग्रेसलाई दुईवटा अध्यक्ष अनि अर्को जित्ने। यसपटक अधिवेशन भयो सत्ता पक्ष हार्‍यो रे ? हारेपछि अधिवेशन नमान्ने जित नमान्ने ? कस्तो सरकार बन्यो नेपालमा ? प्रणाली नै मासियो ।’

अध्यक्ष ओलीले सरकारको स्वेच्छाचारिताले मुलुक नचल्ने बताए ।

अध्यक्ष ओलीले सामाजिक संस्था रेडक्रस, एनआरएनए जस्ता संस्थामा हस्तक्षेप गरेर स्वेच्छाचारिता देखाएको बताए ।

ओलीले काम नलाग्ने र अलोकतान्त्रिक भ्रष्टाचारी सरकार भन्दै गैरकानुनी र बेतिथिसँग चल्ने सरकारको संज्ञा दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077