Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल स्काउटको निर्वाचन अनिश्चितकालका लागि स्थगित, प्रधानमन्त्री कार्यालयमा उजुरी

काठमाडौं । नेपाल स्काउटको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ ।

माघ २७ गते हुने भनिएको निर्वाचन प्रधानमन्त्री कार्यालयमा उजुरी परेपछि युवा तथा खेलकुद मन्त्रालयले स्थगित गरेको हो ।

मन्त्रालयका अनुसार सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको र उक्त मुद्दाको निरुपण भएपछि मात्र नयाँ निर्वाचन सम्बन्धी कार्यक्रम सुरु हुनेछ ।

नेपाल स्काउटको तदर्थ समिति गठन गरी निर्वाचनको जिम्मेवारी पाएका लोकबहादुर भण्डारीले तोकिएको अवधिभन्दा करिब साढे चार वर्ष बढी पदमै बसेको भन्दै हालेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077