Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गठबन्धनभित्रको असन्तुष्टि र एमालेको च्याँखे दाउ

काठमाडौं । विगत १० महिनादेखि सत्ताबाहिर रहेको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट (एमाले) गठबन्धनभित्रको बेमेललाई लिएर सत्ताको च्याँखेदाउमा बसेको छ।

राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा माओवादी केन्द्रका उम्मेदवार हारेपछि माओवादी–कांग्रेसबीच देखिएको असमझदारीलाई च्याँखे दाउको रूपमा लिएर गठबन्धनभित्र चलखेल थालेको हो।

पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले सत्ता गठबन्धनको मुख्य दल नेपाली कांग्रेस संस्थापनइतर समूहका नेताहरूसँगको छलफललाई बाक्लो बताएका छन् ।

राष्ट्रियसभा चुनावमा सिट साझेदारी गर्ने जमर्को गरेको थियो। सत्ता गठबन्धनले राष्ट्रिय सभामा सिट नदिएपछि वर्तमान सरकारको औचित्य सकिएको भन्दै विरोधमा उत्रिएको एमालेले एकातिर आन्दोलनको उद्घोष गरेको छ भने अर्कोतर्फ सत्ताभित्रकै असन्तुष्ट समूहसँगको छलफललाई समेत अघि बढाएको छ। नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077