Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भिजिट भिसा प्रकरण : अध्यागमनका ९ अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । भिजिट भिसामा किर्तेसहित संगठित अपराध गरेको अभियोगमा २२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको सुरुवाती र पछि जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा सरकारी लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसुरमा ९ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध मुद्धा दर्ता भएको हो ।

ती अधिकृतहरूमा शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णुप्रसाद आचार्य, विकास डंगोल, सुजन फागो लिम्बू, पिताम्बर रिमाल, शाखा अधिकृत ताराबहादुर कुँवर र कुशल बराल छन् ।

यस्तै गीता साह, अरुण दाहाल, सरोजकुमार यादव, नरवीर खडका, पदम लामा, मनोज तामाङ, रामप्रसाद भण्डारी, दिनेश ज्ञवाली, विनोद कार्की, रविन अर्यालविरुद्ध पनि मुद्दा दायर गरिएको बताइएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले भिजिट भिसामा मानव तस्करी गरेको आरोपमा ८ जना अध्यागन अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा चलाउने रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो ।

सोही प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले उनीहरूविरुद्ध लिखत कीर्ते र संगठित अपराध गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो ।

गत मंसिर १८ गते अध्यागमन अधिकृत नरवीर खड्कालाई सरकारी कागज कीर्ते गरी मानव तस्करी गर्ने गिरोहसँग संलग्न रहेको आरोपमा अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो ।

खड्काकै बयानका आधारमा अन्य ८ जना अधिकृतलाई पनि प्रहरीले प्रतिवादी बनाए अनुसन्धान अघि बढाएको हो । स्रोतका अनुसार, नरवीर र ताराबहादुर कुँवरसँग सेटिङ गरेर विचौलियाले युवालाई खाडी मुलुक पठाएको अनुसन्धानबाट खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077