Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजदूत थम्प्सनले दिए मेयर बालेनलाई अमेरिका भ्रमणको निम्तो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्प्सनले शिष्टाचार भेट गरेका छन् ।

भेटका क्रममा राजदूत थम्प्सनले मेयर बालेनलाई अमेरिका भ्रमणको निम्तो दिएका छन्। भेटका क्रममा मेयर बालेनले आपसी कार्यक्रमका रुपमा आइटीको तालिम चलाउन सकिने धारणा राखेका थिए ।

यससँगै उनीहरु विश्वबजारका लागि दक्ष जनशक्ति बन्न सक्ने बालेनको धारणा थियो । मेयर बालेनले युनेस्को रचनात्मक सहर सञ्जालअन्तर्गत चलचित्र विधामा जोडिएर काठमाडौंले काम गरिरहेको समेत जानकारी दिएका थिए ।

यसमा हलिउडका चलचित्र निर्माता, निर्देशक, कलाकार, वितरकसँग आपसी कार्यक्रम तय गर्न दूतबासले सहजीकरण गरिदिनेछ भन्ने अपेक्षा गरेको मेयर बालेनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077