Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा छ : केपी ओली

सिन्धुपाल्चोक। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको बताएका छन् ।

सिन्धुपाल्चोकका पाँच पोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले एमाले सरकारमा जान हतार नगर्ने र गठबन्धनले काम गर्न नसके जुरमुराउनुपर्ने बताए ।

अध्यक्ष ओलीले गठबन्धनका कारण अहिले देशमा ग्रहण लागेको बताए । एमालेलाई छेक्न ८ वटा राजनीतिक दल लागेको अध्यक्ष ओलीको भनाई छ ।

अध्यक्ष ओलीले गठबन्धनका दलबाट देश बनाउने कुरा भन्दा गठबन्धन बनाउने र जोगाउने कुरा मात्रै बढी सुनिएको बताए ।

अध्यक्ष ओलीले विकासको काममा राजनीतिक आग्रह पूर्वाग्रह नराख्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077