Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गठबन्धन सरकार बन्ने वित्तिकै विकासका योजना काटिए : केपी ओली

सिन्धुपाल्चोक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार बन्ने वित्तिकै विकासका सबै योजना काटिएको बताएका छन् ।

सिन्धुपाल्चोकको थाङ्पालधाममा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले एमालेले गरेको विकासका कामलाई रोक्न गठबन्धन बनेको बताए। उनले एमाले सरकारले मुलुकको विकासका धेरै काम गरेकाले त्यसलाई रोक्न गठबन्धन बनेको बताए।

अध्यक्ष ओलीले अहिलेको सरकारले मुलुकको विकासमा ध्यान दिन नसकेको आरोप समेत लगाए। अध्यक्ष ओलीले अहिले नेपालमाथि गठबन्धन नामको ग्रहण लागेको बताए ।

देश बनाउने एउटा एमालेलाई छेक्न अहिले आठ/दशवटा गठबन्धन मिलेर ग्रहणको काम गरिरहेका अध्यक्ष ओलीको भनाइ छ ।

उनले अब एमाले त्यो ग्रहणबाट बाहिर निस्कने र देश विकासको काममा लाग्ने बताए । ओलीले देशभक्त पार्टी नेकपा एमाले जनताको साथमा रहेको प्रष्ट पारे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077