Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झण्डै साढे ४ करोड अकुत सम्पत्ति आर्जन गर्ने ललितपुरका पूर्वमालपोत अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारको उधोग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कार्यरत शाखा अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले उधोग मन्त्रालयमा कार्यरत आठौँ तहका शाखा अधिकृत मिनबहादुर भट्टराईविरुद्ध करिब साढे ४ करोड अकुत सम्पत्ती आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

विशेष अदालतमा दायर गरिएको मुद्दामा भट्टराईले ४ करोड ४० लाख १५ हजार ९ सय २५ रुपैयाँ ८६ पैसा अकुत सम्पत्ति आर्जन गरेको भन्दै बिगो माग गरिएको छ । भट्टराई ललितपुरका पूर्व मालपोत अधिकृत समेत रहेका थिए ।

२०५४ साउन २६ गते सरकारी सेवामा प्रवेश गरेका भट्टराईले २०७९ जेठ ३० गतेसम्म गरेको आम्दानी र खर्चको अनुसन्धान गर्दा अख्तियारले उक्त निष्कर्ष निकालेको हो । सम्पत्ति जफत प्रयोजनका लागि भट्टराईकी कान्छी श्रीमती झुना कुमारी कठेतलाई पनि प्रतिवादी बनाइएको छ ।

२५ वर्षको अवधिमा भट्टराईको वैध आय ५ करोड ९४ लाख ६७ हजार एक सय ४८ रुपैयाँ १० पैसा देखिएपनि उनले यो अवधिमा १० करोड २३ लाख ९२ हजार २ सय ८८ रुपैयाँ १५ पैसा कमाएको देखिएको अख्तियारको दाबी छ ।

यसैगरी भट्टराईले सार्वजनिक सेवाको पदमा रहेर गैर कानुनी रूपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्ति कान्छी श्रीमती झुना कुमारी कठेतसमेतको नाममा लुकाएको पुष्टि हुन आएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

सोहीअनुसार कठेतसमेतलाई प्रतिवादी कायम गरी श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको सम्पत्ति मध्येबाट बिगो जफत र जरिवाना गरी पाउन मागदाबी लिएर मुद्दा दायर गरिएको घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077