काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
जसको प्रभावले सोमबार देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम बदली हुने अनुमान गरेको छ ।
ती प्रदेश (कोशी, बागमती, गण्डकी र कर्णाली) का उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा आज हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको भनाई छ । साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध छ।