काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह कहिल्यै राजा नभएको टिप्पणी गरेका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रम बाल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
दरबार हत्याकाण्डसँगै राजतन्त्र अन्त्य भएको भन्दै अध्यक्ष ओलीले ज्ञानेन्द्रलाई कुशको बाहुन बनाए झैं राजा मात्र बनाइएको बताए ।
तत्कालीन युजराज दीपेन्द्रले दरबार हत्याकाण्ड गरायो भन्ने वाहियात भएको अध्यक्ष ओलीको भनाई छ ।
दरबार हत्याकाण्ड भयानक षड्यन्त्र भएको भन्दै अध्यक्ष ओलीले भने, ‘त्यो षड्यन्त्रले तत्काल राजा, रानी, युवराज, राजकुमार, अधिराजकुमारी अन्त्य गर्यो । राजतन्त्र समाप्त गर्यो । ज्ञानेन्द्र शाह राजा होइन । बाहुनले बाहुन भनेर टपरीमा चामलमाथि कुशको बाहुन राख्छ, त्यस्तै कुशको राजा हुन् ।’
राजाको जेठो छोरा राजा हुने व्यवस्था भएपनि कान्छो छोराछोरी समेत मारिएकाले त्यही बेला राजतन्त्र समाप्त भएको उनले बताए ।
यद्यपि त्यसबेला सरकारको कमजोरीका कारण ज्ञानेन्द्र शाहलाई ल्याएर सजाएर राख्ने काम भएको ओलीले बताए ।