Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्ड नेतृत्वको सरकार जुनसुकै बेला उथलपुथल हुनसक्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकार जुनसुकै बेला उथलपुथल हुनसक्ने बताएका छन् ।

एसिडपीडितहरूको कथा समेटिएको ‘नमेटिने घाउ’ चलचित्र घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले प्रचण्ड नेतृत्वको सरकार धोकाबाट बनेको भएकाले कोशीमा झैँ जुनसुकै बेलामा उथलपुथल हुनसक्ने दाबी गरे।

अध्यक्ष ओलीले कोशीमा कम मत भएपनि एमाले जित्न सफल भएको बताए । प्रचण्ड नेतृत्वको सरकारले सहिद थप्ने निर्णय गरेकोप्रति आपत्ति जनाए ।

अध्यक्ष ओलीले राजावादीहरूको आन्दोलनलाई केटाकेटीको खेलको संज्ञा दिँदै अब फर्किने सम्भावना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077