Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रासायनिक मल छुटाइदिने भन्दै घुस लिने असईविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक (असई)विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले प्रहरी चौकी खडैचा बाँकेमा कार्यरत असई गजेन्द्रसिंह भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

भण्डारीले कृषि प्रयोजनका लागि भारतबाट ल्याएको रासायनिक मल छुटाइदिने नाममा सेवाग्राहीसँग ८ हजार रुपैयाँ घुस लिएका थिए ।

घुस रकमलाई बिगो कायम गरी बिगोबमोजिम जरिवानाको माग दाबी राखेर मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

असई भण्डारी सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पुस २५ गते पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077