Online Nepal
  • बिहिबार, ७ चैत्र २०८१
  • राष्ट्रसङ्घीय अदालतको फैसला – इजरायलले गाजामा नरसंहार रोक्नुपर्छ

    राष्ट्रसङ्घीय अदालतको फैसला – इजरायलले गाजामा नरसंहार रोक्नुपर्छ

    अनलाइन नेपाल
  • शनिबार, १३ माघ २०८०
  • 750
    SHARES

    काठमाडौं । संयुक्त राष्ट्रसङ्घको सर्वोच्च अदालत (आइसीजे) ले इजरायलले गाजामा नरसंहार कार्य रोक्नुपर्ने र कब्जा गरिएको क्षेत्रमा ‘तत्काल आवश्यक’ मानवीय सहायता प्रदान गर्नुपर्ने फैसला सुनाएको छ ।

    विश्वव्यापी ध्यानाकर्षण भएको मुद्दामा हिजो फैसला गर्दै आइसीजेले यस्तो फैसला सुनाएको हो ।



    प्यालेस्टिनीहरूले सामना गरिरहेको जीवनको प्रतिकूल परिस्थितिलाई सम्बोधन गर्न आवश्यक आधारभूत सेवा र मानवीय सहायताको प्रावधानलाई सक्षम बनाउनका लागि इजरायलले तत्काल र प्रभावकारी कदम चाल्नुपर्ने आइसीजेले जनाएको छ ।

    यद्यपि अदालतले युद्धविरामको आदेश भने दिएको छैन् । फैसलामा इजरायलले नरसंहार रोक्नका लागि कुनै पनि उक्साहटलाई ‘रोक्न र दण्डित’ गर्नुपर्ने उल्लेख छ ।

    दक्षिण अफ्रिकाले इजरायलमाथि संयुक्त राष्ट्रसङ्घीय नरसंहार महासन्धिको उल्लङ्घन गरेको आरोप लगाएर यो मुद्दा दर्ता गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार