Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरीबाटै अध्यागमनका अधिकारी कुटपिट प्रकरण : तीन सदस्यीय छानबिन समिति गठन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका प्रहरीले अध्यागमनका कर्मचारीहरूमाथि हातपात गरेको घटनामा तीन सदस्यीय छानबिन समिति बनाइएको छ ।

गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको हो । समितिमा प्रहरीका डीआइजी राजेशनाथ बास्तोला र गृहका उपसचिव कूलबहादुर जीसी रहेका छन् ।

समितिलाई ३ दिनभित्र सत्थतथ्यसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको बताइएको छ ।

घटनालगत्तै भएको छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, त्रिअबि अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमाललगायत सहभागी थिए ।

कुटपिटमा संलग्न रहेका प्रहरीलाई कामबाट अलग राख्ने निर्णय पनि भएको बताइएको छ । अध्यागमन अधिकृत छायालाल मोक्तान र विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि प्रहरीले शुक्रबार दिउँसो हातपात गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077