Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेल र अष्ट्रेलियाका राजदूतबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच राष्ट्रपति भवनमा शिष्टाचार भेटवार्ता भएको हो ।

त्यस अवसरमा नेपाल र अस्ट्रेलियाबिचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले दक्षिण–पूर्वी एसिया तथा प्रशान्त क्षेत्रको समृद्ध अर्थतन्त्रको हैसियतले मात्र नभई विश्व आर्थिक मञ्चमा अस्ट्रेलियाको महत्त्वपूर्ण उपस्थिति रहेकाले नेपालजस्ता भूपरिवेष्टित र अल्पविकसित मुलुकको सामाजिक एवं आर्थिक विकासमा अस्ट्रेलियाको सहयोग आगामी दिनमा अझ वृद्धि हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077