Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पौडेलद्वयलाई सात दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई सात दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरेका पौडेलद्वयमाथि अनुसन्धानका लागि विशेषले अख्तियारलाई सात दिनको अनुमति दिएको हो ।

उनीहरूलाई बुधबार पक्राउ गरेको अख्तियारले आज विशेष अदालतमा उपस्थित गराएको थियो । सेक्युरिटी प्रिटिन्ङ घोटाला प्रकरणमा जोडिएपछि निलम्बनमा परेका पौडेलद्वयलाई अख्तियारले बुधबार पक्राउ गरी मुद्दा दायर गरेको थियो ।

अख्तियारले गत असोज १५ गते पौडेलसहितका व्यक्तिविरुद्ध रु २३ करोड २७ लाख ५८ हजार बिगो माग दाबी र वैशाखमा विकलसहितका व्यक्तिविरुद्ध करिब ७० करोड मागदाबीसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077