Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभा निर्वाचनमा मेयर बालेन, हर्क र गोपालले हालेनन् भोट

काठमाडौं । राष्ट्रियसभा निर्वाचन अन्तर्गत आज भएको मतदानमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका जनप्रतिनिधिहरू भोट हालेका छैनन्।

स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन), धरान उपमहानगरका मेयर हर्क साम्पाङ र धनगढी उपमहानगरका मेयर गोपाल हमालले मतदान नगरेका हुन् ।

निर्वाचनका लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मतदानको समय तोकिएको थियो। तर, स्वतन्त्र जितेका तीन मेयरले भोट हालेनन् । उपमेयर सुनिता डंगोल हेटौंडा पुगेर भोट हाल्दा मेयर शाह काठमाडौंमा रहे।

उपमेयर डंगोल एमालेबाट निर्वाचित हुन् । बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले मेयर शाह कार्यव्यस्तताको कारणले हेटौंडा नगएको बताए । उनले यसअघि प्रदेशसभाको निर्वाचनमा पनि भोट हालेका थिएनन् ।

यस्तै, धरानका मेयर साम्पाङले पनि भोट हालेनन् । उपमेयर आइन्द्रविक्रम वेघा मतदानका लागि विराटनगरमा पुग्दा उनी धरानै छन् । धनगढीका मेयर हमालले पनि भोट हालेनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077