Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गोली हानेर गैँडा मार्ने बोहोरा ३ वर्षपछि पक्राउ

चितवन। चितवन राष्ट्रिय निकुञ्जका दुई गैंडा मारेर खाग लगेको अभियोग लागेको एक जना तीन वर्षपछि पक्राउ परेका छन्।

गैंडालाई मारेर खाग लगेको अभियोग लागेका चितवनको राप्ती नगरपालिका-६ का खेसरबहादुर बोहोरालाई हेटौंडा-२ चौकीटोलबाट माघ ९ गते पक्राउ गरिएको हो।

विषेश सूचनाको आधारमा नेपाली सेनाको विषेश टोली तथा निकुञ्ज सुरक्षार्थ बसेको खड्क दलको सेनाको टोलीले उनलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका बोहोरालाई बुधबार चितवन जिल्ला अदालतमा पेश गरेको छ ।

बोहरासहितको टोलीले २०७६ भदौं ३१ गते निकुञ्जको अमलटारी क्षेत्रको बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा बयष्क भाले गैंडा मारेर खाग लगेको तथा २०७७ कार्तिक २२ गते दिउँसो २ बजे भोसरघाटको आइल्याण्ड क्षेत्रमा एक गैंडालाई गोली हानेर मारेर खाग काटेर लगेको अभियोग लागेको छ ।

उक्त घटनामा २४ जना व्‍यक्तिलाई निकुञ्जले प्रतिवादी बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077