Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा सकियो मतदान, शतप्रतिशतले हाले भोट

सुर्खेत। राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा मतदान सकिएको छ । प्रदेशतर्फ ४० र स्थानीय तहतर्फ १५६ जनाले भोट हालेका हुन् ।

कर्णालीमा स्थानीय तह र प्रदेश गरेर १ सय ९६ जना मतदाता छन् । बिहान ९ बजेदेखि सुरु भएको मतदानको अवधि ३ बजेसम्मका लागि तोकिए पनि त्यसअघि नै सबै मतदाताले भोट हालेका हुन्।

कर्णालीमा स्थानीय तहतर्फ प्रमुख र उपप्रमुख गरी १५८ जना भए पनि २ जनाको मृत्यु भएका कारण १५६ जना मतदाता थिए ।

दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरुङको एक वर्ष अगाडि मृत्यु भएको थियो भने जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको कात्तिक १७ गते भूकम्पका कारण मृत्यु भएको थियो ।

मृतक दुवै जना नेपाली कांग्रेसबाट स्थानीय तहमा निर्वाचित भएका थिए । राष्ट्रिय सभा निर्वाचनका लागि कर्णालीमा तीन पदका लागि निर्वाचन भएको हो ।

कर्णालीमा दलित, महिला र अन्य तर्फ गठबन्धन र नेकपा एमालेले छुट्टाछुट्टै उम्मेदवार उठाएका छन् ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम) अन्य, नेकपा माओवादीका विष्णुबहादुर विक (कालिकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) ले उम्मेदवारी दिएका छन् ।

त्यस्तै एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विक उम्मेदवार छन् । सत्तारुढ गठबन्धनको पक्षमा ३ हजार ७ सय ७९ र एमालेको मतभार १ हजार १ सय ९५ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077