Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभा निर्वाचन : कर्णाली प्रदेशमा एक मत मात्रै खस्न बाँकी

सुर्खेत । राष्ट्रियसभा निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा एक मत मात्रै खस्न बाँकी रहेको छ ।

बिहान ९ बजेबाट सुरु भएको मतदान १ बज्नै लाग्दा प्रदेशसभाका सभामुख नन्दा गुरुङले मात्रै मत हाल्न बाँकी रहेको हो ।

७९ वटा पालिकाका १५६ जना जनप्रतिनिधि र प्रदेशसभा तर्फका ३९ जनाले मतदान गरिसकेका छन् ।

अब १ मत मात्रै खस्न बाँकी रहेको छ । यहाँ दलित, महिला र अन्य पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम) अन्य, नेकपा माओवादीका विष्णु विक ‘विकल्प’ (कालिकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख)ले उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विकले उम्मेदवारी दर्ता गराएका हुन् । मतभार नेकपा एमालेको भन्दा गठबन्धनको तीन गुणाले बढी छ ।

प्रदेशसभाका सदस्यहरूको मतभार सङ्ख्या दुई हजार १२० र पालिकाका जनप्रतिनिधिको दुई हजार ९६४ मतभार गरी जम्मा ५ हजार ८४ मतभार छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077