Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भक्तपुरमा एक जना महिला मृत फेला

काठमाडौं । भक्तपुरमा एक जना महिला मृत फेला परेकी छन्।

मंगलबार बिहान सूर्यविनायक नगरपालिका ५ कटुन्जे सडक डिभिजन कार्यालय नजिकैको डेरा गरी बस्ने महिला मृत फेला परेको हो ।

काभ्रे नमोबुद्ध नगरपालिका-१ घर भई भक्तपुरमा डेरा गरी बस्ने ३५ वर्षीया अनिता थापा मृत फेला परेका हुन्।

उनी गएराति खाना खाएर सुतेकी थिइन्। तर बिहान ९ बजेतिर उनका भाइले हेर्दा कोठामा घोप्टो परेको अवस्थामा फेला पारेकी थिइन्।

प्रहरी वृत्त जगातीबाट प्रहरीको टोली खटिएर अनुसन्धान अघि बढाएको थियो। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार घटना अहिलेसम्म शंकास्पद देखिएको छैन।

प्रहरीले पोष्टमर्टम गर्न शव केएमसी अस्पताल दुवाकोटमा पठाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान प्रक्रिया पनि अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077